3rd November 2026 | १८ कार्तिक २०८३, मंगलबार
Times Of Madhesh
ब्रेकिङ
सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना | तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न | गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता | सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा आज राँगाको बलि प्रदान गरिँदै | हार्दिक मङ्गलमय शुभकामना 🪔 Time of Madhesh | भेटेरिनरीका विद्यार्थीको छात्रवृत्ति र ओजेटी रकममा प्रश्न, २१ स्थानीयले मागेको विवरण अझै पाएनन् | चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का | बिटौरी जग्गा दर्ता प्रक्रिया अघि बढाउँदै सरकार, समिति गठन | फिल्मी दुनियाका अभिनेता नही रहे। अलविदा नाना, स्वर्गमे वास हाे। | मधेस सीमामा सशस्त्र प्रहरीमाथि ‘सेटिङ’को आरोप, नजराना लिएर तस्करी मौलाएको दाबी |

सरकारका गलत कदमविरुद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी

सरकारका गलत कदमविरुद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी

सरकारका गलत कदमविरुद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका गलत कदमविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको भन्दै संसदभित्र प्रतिपक्षीहरूलाई एकताबद्ध गर्ने र सडकमा सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनहरूलाई समेटेर चाडपर्वपछि सरकारका गलत कदमविरुद्ध संयुक्त मोर्चा र आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । उहाले देशमा उत्पन्न राजनीतिक चुनौती, वैदेशिक हस्तक्षेप र प्रतिक्रान्तिको खतरा सामना गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको व्यापक एकता र ध्रुवीकरण आवश्यक रहेको बताउनुभयो ।

भाद्र २४ गतेको विध्वंसले गर्दा कम्युनिस्टहरूबीच ढिला नगरी नयाँ शिराबाट एकता प्रक्रिया अघि बढाउन नेतृत्वलाई दबाब र ऊर्जा मिलेको उहाले बताउनुभयो । उहाले पुराना पार्टी र नेताहरूले विगत ३५ वर्षमा केही गरेनन् भनी फैलाइएको भाष्यको खण्डन गर्र्दै आफ्नै नेतृत्वमा भएका प्रमुख विकास तथा पूर्वाधारका कामहरू भएको धारणा राख्नुभयो । उहाले नेपालको आर्थिक विकास र औद्योगिकीकरणको मुख्य जग नै कृषि रहेको र यसको आधुनिकीकरण एवं व्यवसायीकरण अनिवार्य भएको बताउनुभयो ।

कार्यक्रममा नेकपाका सह–संयोजक माधव कुमार नेपालले देश हाल ठूलो सङ्कटमा रहेको र विदेशीहरूको विभिन्न चलखेलका कारण राष्ट्रियता जोखिममा परेको उल्लेख गर्नुभयो । दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपाल विदेशीहरूको खेलमैदान बन्न नहुने उहाले बताउनुभयो । उहाले वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्दै चुनौतीहरूको सामना गर्न पार्टी अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो ।

साथै उहाले कृषि क्रान्ति र आधुनिकीकरणदेशको कायापलट गर्न कृषि अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने र यसका लागि कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरण आवश्यक रहेको धारणा राख्नुभयो ।

यो समाचार सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्