3rd November 2026 | १८ कार्तिक २०८३, मंगलबार
Times Of Madhesh
ब्रेकिङ
सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना | तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न | गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता | सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा आज राँगाको बलि प्रदान गरिँदै | हार्दिक मङ्गलमय शुभकामना 🪔 Time of Madhesh | भेटेरिनरीका विद्यार्थीको छात्रवृत्ति र ओजेटी रकममा प्रश्न, २१ स्थानीयले मागेको विवरण अझै पाएनन् | चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का | बिटौरी जग्गा दर्ता प्रक्रिया अघि बढाउँदै सरकार, समिति गठन | फिल्मी दुनियाका अभिनेता नही रहे। अलविदा नाना, स्वर्गमे वास हाे। | मधेस सीमामा सशस्त्र प्रहरीमाथि ‘सेटिङ’को आरोप, नजराना लिएर तस्करी मौलाएको दाबी |

सप्तरीबाट २१ क्विन्टल गाँजासहित दुई जना पक्राउ

सप्तरीबाट २१ क्विन्टल गाँजासहित दुई जना पक्राउ

सप्तरीबाट २१ क्विन्टल गाँजासहित दुई जना पक्राउ

राजविराज । सप्तरी प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । डाक्नेश्वरी नगरपालिका–६ स्थित फत्तेपुर टोलबाट प्रहरी टोलीले करिब २१ क्विन्टल गाँजा बरामद गरेको हो ।

विशेष सुराकीका आधारमा गएराति करिब १ बजे प्रहरी निरीक्षक प्रमोदकुमार साहको नेतृत्वमा खटिएको टोलीले स्थानीय ४७ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखियाको घरमा छापा मारेको थियो ।

खानतलासी गर्दा भोला सदाको घरबाट १ हजार ८३८ दशमलव ८७ किलोग्राम (५६ पोका) र मंगल मुखियाको घरबाट २६१ दशमलव ५ किलोग्राम (८ पोका) गरी कुल ६४ पोकामा २ हजार १०० दशमलव ३७ किलोग्राम (२१ क्विन्टल ३७० ग्राम) गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बरामद गाँजा र नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्