2nd November 2026 | १७ कार्तिक २०८३, सोमबार
Times Of Madhesh
ब्रेकिङ
सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना | तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न | गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता | सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा आज राँगाको बलि प्रदान गरिँदै | हार्दिक मङ्गलमय शुभकामना 🪔 Time of Madhesh | भेटेरिनरीका विद्यार्थीको छात्रवृत्ति र ओजेटी रकममा प्रश्न, २१ स्थानीयले मागेको विवरण अझै पाएनन् | चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का | बिटौरी जग्गा दर्ता प्रक्रिया अघि बढाउँदै सरकार, समिति गठन | फिल्मी दुनियाका अभिनेता नही रहे। अलविदा नाना, स्वर्गमे वास हाे। | मधेस सीमामा सशस्त्र प्रहरीमाथि ‘सेटिङ’को आरोप, नजराना लिएर तस्करी मौलाएको दाबी |

विद्यालय सञ्चालनबारे राजविराज नगरपालिकाको अन्तिम अल्टिमेटम

विद्यालय सञ्चालनबारे राजविराज नगरपालिकाको अन्तिम अल्टिमेटम

विद्यालय सञ्चालनबारे राजविराज नगरपालिकाको अन्तिम अल्टिमेटम

राजविराज । राजविराज नगरपालिकाले सरकारी निर्देशन तथा निर्णयको उल्लंघन गरी विद्यालय सञ्चालन नगर्न निजी विद्यालयहरूलाई अन्तिम चेतावनी दिएको छ ।

नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले असोज ८ गते जारी गरेको पत्रमा नेपाल सरकार तथा स्थानीय तहको आधिकारिक निर्देशन र निर्णयबमोजिम विद्यालयमा सार्वजनिक बिदा दिनुपर्ने कानुनी व्यवस्था रहे पनि केही विद्यालयले पटक–पटक निर्देशनको अवहेलना गरेको उल्लेख गरिएको छ ।

पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकार को निर्देशनअनुसार नगरपालिकाबाट पटक–पटक लिखित तथा मौखिक रूपमा ताकेता र सचेत गराउँदा पनि केही विद्यालयले सरकारी निर्णय र निर्देशनको अवहेलना गर्दै सार्वजनिक बिदाका दिनसमेत विद्यालय पूर्ण तथा आंशिक रूपमा सञ्चालन गरिरहेको जनाइएको छ ।

यस्तो गतिविधिबारे हेलो सरकारमा समेत गुनासो तथा एचएस–वेब–१८५७९९–यूओ नम्बरमार्फत जानकारी प्राप्त भएको नगरपालिकाले जनाएको छ । सरकारी निर्देशनलाई चुनौती दिने यस्तो गतिविधि गम्भीर र गैरकानुनी भएको भन्दै नगरपालिकाले सम्बन्धित विद्यालयलाई अन्तिम चेतावनी दिएको हो ।

नगरपालिकाको पत्र प्राप्त भएको मितिदेखि लागू हुने गरी आगामी सार्वजनिक बिदाका दिनदेखि सरकारी निर्णयबमोजिम विद्यालय पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । साथै, यो अन्तिम चेतावनीलाई समेत बेवास्ता गरी विद्यालय सञ्चालन गरेको पाइए प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ ।

नगरपालिकाले आवश्यक परे विद्यालयको अनुमति तथा सम्बन्धनसमेत खारेज गर्नुपर्ने बाध्यात्मक कदम चाल्न सकिने जनाएको छ ।

पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकार, शिक्षा विकास तथा समन्वय एकाइ सप्तरी, नगर शिक्षा समिति, प्याब्सन सप्तरी, एन–प्याब्सन सप्तरी र नेपाल प्याब्सन सप्तरी लगायत सम्बन्धित निकायलाई पठाइएको छ ।

पत्रमा राजविराजस्थित न्यु रोयल पब्लिक स्कुल, लिटल एन्जल्स स्कुल, मनोकामना सेकेन्डरी स्कुल, जेएस इङ्लिस स्कुल, नोबेल सेकेन्डरी स्कुल र शान्ति निकेतन सेकेन्डरी स्कुललाई समेत बोधार्थ दिइएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्