राजविराज ,०९ असाेज ।
सप्तरीको महादेवा गाउँपालिका २ स्थित अंकुरी महादेव मन्दिर परिसरमामा शुक्रवार हनुमानको मुर्ति स्थापना गरिएको छ ।अनन्त चतुर्दशीको अवसरमा नवनिर्मित मन्दिरमा हनुमानको मुर्ति स्थापना गरिएको हो ।
उक्त अवसरमा प्राणप्रतिष्ठान एवं विशेष पुजापाठका साथ मन्दिरमा मूर्ति प्रवेश कार्यक्रम भव्य रुपमा आयाेजना गरिएको छ ।
अंकुरी महादेव मन्दिरमा विहानै देखि काँवरिया तथा स्थानीय श्रद्वालुभक्तजनहरुकाे घुइँचो रहेको छ ।
मूर्ति दाता स्थानीय वन्दना मेडिकल राजविराजका प्राेप्राइटर प्रेम कुमार राउतले पण्डित दुर्गानन्द झाद्वारा विधिपुर्वक पूजापाठ गरि हनुमानजीकाे मूर्ति स्थापना गरेकाे स्थानीय महेन्द्र अधिकारीले जानकारी दिए ।
कार्यक्रममा महादेवा गाउँपालिका अध्यक्ष सुनिल कुमार मंडल,तिलाठी काेइलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मंडल, प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापा,,इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज , काे.वर्साइन प्रहरी चाैकी इन्चार्ज र शस्त्र प्रहरी वल वनरझुलाका इन्चार्ज लगायतकाे उपस्थिति रहेको मन्दिर समितिका अध्यक्ष सूर्यनारायण अधिकारीले जानकारी दिए ।
स्थानीय ७१ जना काँवरिया वमहरु भारतकाे आगवानी घाटवाट गंगाजल ल्याएर ९ दिनमा श्रद्वालु काँवरिया वमहरुले गंगाजल विहान गंगाजल ल्याएर अंकुरी महादेव मन्दिरमा विहान चढाएकाे मन्दिरका पुजारी गिरीले वताए । उनीहरू असाेज १ गते गंगाजल लिन घरवाट निस्केका थिए । आज विहान अंकुरी महादेव मन्दिरमा जल चढाएका गरेका छन् । विहान देखि ५० हजार श्रद्वालुभक्त र काँवरिया वमहरु साँझसम्ममा अंकुरी महादेव मन्दिरमा जल रिसाल गरेका स्थानीय महेन्द्र अधिकारीले जानकारी दिए ।
यसैगरी राजविराजकाे हरिनन्देश्वर महादेव,शम्भुनाथ मन्दिर ,वलुवाकाे भद्रेश्वर ,पाताेकाे डाँक्नेश्वरी, लालापट्टीकाे लालेश्वरनाथ मन्दिर लगायतका मन्दिरहरुमा करिव दशाै हजार भक्तजनहरु सप्त काेशी व्यारेजवाट जल लिएर पूजाआजा गरि धुमधामका साथ अनन्त चतुर्दशी मनाइएका छन् ।
भक्तजनलाई सजिलो तरिकावाट पूजा आर्चना गर्नका लागि स्थानीय युवा ,स्वंमसेवक र प्रहरीकाे सहयाेगमा व्यवस्थित रुपमा लागि परेका थिए । मन्दिर समितिका अध्यक्ष सूर्यनारायण अधिकारीका अनुसार प्रत्येक वर्ष झै यस वर्ष पनि भक्तजनहरुले गर्ने पूजालाई व्यवस्थित गर्नकाे लागि स्वंयसेवक परिचालन गरिएको जानकारी दिए ।
भक्तजनहरुका लागि फलफूल ,पानी ,औषधी,दूध,चियाकाे व्यवस्था मन्दिर समितिले गरेका थिए । महिला ,पुरुष ,युवा-युवती भक्तजनहरु तीन-चार किलोमिटर पाउ-पैइदल,वाजा,भजनकिर्तन गाएर दण्ड-प्रणाम गरि अंकुरी महादेव मन्दिरमा जाने भक्तजनहरुकाे पनि भिड रहेको थियोे ।
भाकल पूरा भएपछि दु:ख -कष्ट सहेर भक्तजनहरु पुजा गर्न मन्दिर आउने मन्दिरका पुजारी पवन गिरिले वताए । मन्दिरकाे दानपेटीमा डेढ लाख देखि दुई लाख सम्म संकलन हुने गरेको मन्दिर समितिका अध्यक्ष अधिकारीले जानकारी दिए ।
विहान ६ :३० वजे देखि ८:३० वजे सम्म हनुमानजी प्राणप्रतिष्ठा कार्यक्रम सुरु गरिएको छ। भने साँझ ५ वजे देखि २४ घण्टा रामायण पाठकाे आयाेजना गरिएको मन्दिर विकास समितिका अध्यक्ष अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्