मिति २०८३।०६।०८ गते १२:०० बजेको समयमा जिल्ला सुनसरी इनरूवा नगरपालिका वडा नं. ०३ डाँडाटोल स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा प्रदेश १-०१-००२ च १८६४ नम्बरको पिकअप गाडी चालक जिल्ला सुनसरी देवानगंज गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ४३ को ज्ञानदेव मेहता र ऐ. इटहरी उप-महानगरपालिका वडा नं. ०५ बस्ने वर्ष ४० को अर्जुन खड्कालाई शंका लागि चेकजाँच गर्दा अवैध भन्सार छलि ल्याएको पाउडर दुध ३३० (तिन सय तिस) किलो मुल्य रू २,६४,०००।- (दुई लाख चौसठ्ठी) बराबरको फेला परेको हुँदा निजहरूलाई उक्त पाउडर दुध र पिकअप गाडी सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाईएको ।
प्रतिक्रिया दिनुहोस्