मिति २०८३।०६।०७ गते २१:०० बजेको समयमा जिल्ला सुनसरी रामधुनी न.पा.-०१ झुम्का स्थितमा ऐ.ऐ. बस्ने बर्ष ४८ को धमु गोस्वामी र ऐ.ऐ. बस्ने बर्ष अ. २७ को सोनु गोस्वामीको घरमा पटका जन्य बिस्फोटक पदार्थ लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजहरुको घरमा खानतलासी तथा चेकजाँच गर्दा अन्दाजी मुल्य रु १०,०३, २४८।- (दश लाख तिन हजार दुई सय अचालिस) बराबरको निम्न परिमाणमा बिष्फोटक पदार्थ (पटका) बरामद गरी निजहरुलाई उक्त बिष्फोटक पदार्थ (पटका) सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको।
निम्नः-
१. नागिन (king cobra)=१५ कार्टून
२. Supreme deluxe फुलझरी (ठुलो) ३०० वटा
३. Super hit (kit Kat) फुलझरी (ठुलो) ३३ वटा
४. Flower pots(big) सानो फुलझरी १२७० वटा
५. Penta force (मझौला फुलझरी) १६५ वटा
६. Spinner super deluxe (चक्की बम) ९२० वटा
७. Magic mickey mouse pop ७५० वटा
८. बुलेट बम १०६० वटा
९. झिरझिरे पडका २५० वटा
प्रतिक्रिया दिनुहोस्