3rd November 2026 | १८ कार्तिक २०८३, मंगलबार
Times Of Madhesh
ब्रेकिङ
सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना | तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न | गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता | सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा आज राँगाको बलि प्रदान गरिँदै | हार्दिक मङ्गलमय शुभकामना 🪔 Time of Madhesh | भेटेरिनरीका विद्यार्थीको छात्रवृत्ति र ओजेटी रकममा प्रश्न, २१ स्थानीयले मागेको विवरण अझै पाएनन् | चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का | बिटौरी जग्गा दर्ता प्रक्रिया अघि बढाउँदै सरकार, समिति गठन | फिल्मी दुनियाका अभिनेता नही रहे। अलविदा नाना, स्वर्गमे वास हाे। | मधेस सीमामा सशस्त्र प्रहरीमाथि ‘सेटिङ’को आरोप, नजराना लिएर तस्करी मौलाएको दाबी |

मधेस कृषि विश्वविद्यालयको सातौं सभा , विश्वविद्यालयको निर्माणको काम सुस्त गतिमा

मधेस कृषि विश्वविद्यालयको सातौं सभा , विश्वविद्यालयको निर्माणको काम सुस्त गतिमा

मधेस कृषि विश्वविद्यालयको सातौं सभा , विश्वविद्यालयको  निर्माणको काम सुस्त गतिमा

सप्तरी ।
मधेस कृषि विश्वविद्यालयको विश्वविद्यालय सभाको सातौं बैठक राजविराजमा शुक्रबार सम्पन्न भएको छ । मधेस प्रदेश सरकार शिक्षा तथा संस्कृति मन्त्री तथा विश्वविद्यालयको सहकुलपति मनोज कुमार सिंहको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
विश्वविद्यालय सभामा मधेस विश्वविद्यालयका उपकुलपति डा. बैधनाथ महतोले विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

विश्वविद्यालयका रजिस्ट्रार डा. श्री भगवान ठाकुरले गत वर्षको आयव्यय तथा चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सभामा १२ वटा प्रस्तावहरु माथि विस्तृत छलफल तथा सहजीकरण रजिष्टार डा. ठाकुरले गर्नु भएको थियो ।

सभामा प्रस्तुत भएका प्रस्तावहरू मध्ये भौतिक तथा वित्तीय पद्धति र यस वर्षको बजेट तथा कार्यक्रम पारित गरिएको जनाइएको छ । बिश्वविद्यालय निर्माणमा बजेटको अभावले निर्माण कार्य अवरोध हुने भएकोले यस निर्माण कार्यको गति दिनको लागि विशेष पहल गर्ने छलफल भएको रजिस्ट्रार डा. ठाकुरले बताउनु भयो । विश्वविद्यालयका सहकुलपती मन्त्री सिंहले निर्माणाधीन भवनको अवलोकन तथा निरीक्षण समेत गरेका थिए । बजेट अभावले विश्वविद्यालयको पूर्वाधार निर्माणको क्रममा गति सुस्त रहेको महसुस गर्दै मन्त्री सिंहले यसका लागि शिक्षा तथा संस्कृति मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई बजेटको व्यवस्था गर्न आग्रह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । विश्वविद्यालयका सभाका सदस्यहरु तथा मधेस विश्वविद्यालयका उपकुलपति डा. बैधनाथ महतोले विश्वविद्यालयको सभामा उपस्थित अध्यक्ष लगायत सदस्यहरूलाई स्वागत तथा सम्मान गरेका थिए ।
सभामा मधेस प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.संजयकुमार यादव, विश्वविद्यालयका सदस्यहरूको उपस्थिति रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्