3rd November 2026 | १८ कार्तिक २०८३, मंगलबार
Times Of Madhesh
ब्रेकिङ
सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना | तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न | गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता | सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा आज राँगाको बलि प्रदान गरिँदै | हार्दिक मङ्गलमय शुभकामना 🪔 Time of Madhesh | भेटेरिनरीका विद्यार्थीको छात्रवृत्ति र ओजेटी रकममा प्रश्न, २१ स्थानीयले मागेको विवरण अझै पाएनन् | चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का | बिटौरी जग्गा दर्ता प्रक्रिया अघि बढाउँदै सरकार, समिति गठन | फिल्मी दुनियाका अभिनेता नही रहे। अलविदा नाना, स्वर्गमे वास हाे। | मधेस सीमामा सशस्त्र प्रहरीमाथि ‘सेटिङ’को आरोप, नजराना लिएर तस्करी मौलाएको दाबी |

५० लाख बराबरको अवैध सामग्री बरामद अनुसन्धान जारी

५० लाख बराबरको अवैध सामग्री बरामद अनुसन्धान जारी

५० लाख बराबरको अवैध सामग्री बरामद अनुसन्धान जारी

रौतहटको गौर नगरपालिका वडा नम्बर ४ टिकुलियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रुपमा राखिएकाे मोबाइलको स्पेयर बरामद गरेको छ।

सशस्त्र प्रहरीले गोप्य सूचनाका आधारमा स्थानीय भोला साहको घरबाट करिब ५० लाख १४ हजार ५०० रुपैयाँ बराबरको मोबाइल सामग्री बरामद गरेको हो।

बुधबार सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले दिएको बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमाण्डमा खटिएको टोलीले घरमा खानतलासी गरेर लाखौ मुल्यको मोबाइल सामग्री बरामद गरेको हो।

गणका एसपी चेतराजको कमान्डमा खटिएको ४५ जना सशस्त्र प्रहरी तथा गौर भन्सार कार्यालय रौतहटका प्रतिनिधिसहितको टोलीले गौर–४ टिकुलियास्थित साहको घरमा छापा मारेको थियो।खानतलासीका क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा मोबाइलसँग सम्बन्धित विभिन्न सरसामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामग्रीको अनुमानित मूल्य रु ५० लाख १४ हजार ५०० रहेको बताइएको छ। सोही क्रममा ३ थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।

बरामद सामान र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्