3rd November 2026 | १८ कार्तिक २०८३, मंगलबार
Times Of Madhesh
ब्रेकिङ
सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना | तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न | गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता | सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा आज राँगाको बलि प्रदान गरिँदै | हार्दिक मङ्गलमय शुभकामना 🪔 Time of Madhesh | भेटेरिनरीका विद्यार्थीको छात्रवृत्ति र ओजेटी रकममा प्रश्न, २१ स्थानीयले मागेको विवरण अझै पाएनन् | चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का | बिटौरी जग्गा दर्ता प्रक्रिया अघि बढाउँदै सरकार, समिति गठन | फिल्मी दुनियाका अभिनेता नही रहे। अलविदा नाना, स्वर्गमे वास हाे। | मधेस सीमामा सशस्त्र प्रहरीमाथि ‘सेटिङ’को आरोप, नजराना लिएर तस्करी मौलाएको दाबी |

सुनसरीमा कञ्चनरूपको माइक्रोबस दुर्घटना, चालकसहित १२ जना घाइते

सुनसरीमा कञ्चनरूपको माइक्रोबस दुर्घटना, चालकसहित १२ जना घाइते

सुनसरीमा कञ्चनरूपको माइक्रोबस दुर्घटना, चालकसहित १२ जना घाइते
कञ्चनरूप, ०८ असोज ।
सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा कञ्चनरूपबाट गएको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।बिहीबार बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको यात्रुवाहक माइक्रोबस आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरीको कञ्चनरूप नगरपालिका–११ का ३२ वर्षीय चालक आर्यन पोखरेल, कञ्चनरूप नगरपालिका–११ का ७० वर्षीय दसनलाल चौधरी, वडा नं. १ का ४३ वर्षीय गोबिन्द गुप्ता, वडा नं. १२ का ५१ वर्षीय बलराम पौडेल, वडा नं. ११  की २१ वर्षीया माया भुजेल, सोही वडाका ६० वर्षीय असरफि खंग, ३० वर्षीया सुनिता खंग, वडा नं. ६ की ३० वर्षीया पुजा चौधरी घाइते भएका छन् ।
यसैगरी सप्तकोसी नगरपालिका–१ की ३६ वर्षीया उर्मिला भुजेल, २१ वर्षीया उशा भुजेल, कञ्चनरूप नगरपालिका–१२ रुपनगर की ४७ वर्षीया राधा नेपाल र वडा नं. ६ का ४० वर्षीय देवाकान्त चौधरी घाइते भएका छन्।
घाइतेमध्ये बलराम पौडेलको उपचारपछि बिहान ९ः३० बजे डिस्चार्ज गरिएको छ। अन्य घाइतेहरूको सप्तकोशी न्युरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्