3rd November 2026 | १८ कार्तिक २०८३, मंगलबार
Times Of Madhesh
ब्रेकिङ
सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना | तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न | गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता | सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा आज राँगाको बलि प्रदान गरिँदै | हार्दिक मङ्गलमय शुभकामना 🪔 Time of Madhesh | भेटेरिनरीका विद्यार्थीको छात्रवृत्ति र ओजेटी रकममा प्रश्न, २१ स्थानीयले मागेको विवरण अझै पाएनन् | चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का | बिटौरी जग्गा दर्ता प्रक्रिया अघि बढाउँदै सरकार, समिति गठन | फिल्मी दुनियाका अभिनेता नही रहे। अलविदा नाना, स्वर्गमे वास हाे। | मधेस सीमामा सशस्त्र प्रहरीमाथि ‘सेटिङ’को आरोप, नजराना लिएर तस्करी मौलाएको दाबी |

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख क्युसेक नाघ्यो, उच्च जोखिमको संकेत

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख क्युसेक नाघ्यो, उच्च जोखिमको संकेत

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख क्युसेक नाघ्यो, उच्च जोखिमको संकेत
राजविराज,१० असोज ।
सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेत देखिएको छ । देशभर जारी निरन्तर बर्षाले कोशी नदिमा जल स्तर उच्च भएपछि खतराको संकेतको रुपमा शनिबार विहानदेखी रातो बत्ती बालिएको हो ।
पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खुला गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।। कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार  शनिबार बिहान ६ बजेको मापनअनुसार पानीको बहाव ३ लाख १६ हजार ७ सय ९५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।
कोशीमा पानीको बहाव उच्च भएर खतराको जोखिम बढेपछि कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका उक्त बत्ती बाल्ने गरिन्छ।
नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ । नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनका लागि सुरक्षा कर्मीले माइकिङ्ग गरिरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्णा थापाले बताए  । सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्क रहनका लागि सुरक्षाकर्मीहरुको साथमा आफै उपस्थित भएर आग्रह गरिएको उनले जानकारी दिए |
यो समाचार सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्