3rd November 2026 | १८ कार्तिक २०८३, मंगलबार
Times Of Madhesh
ब्रेकिङ
सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना | तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न | गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता | सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा आज राँगाको बलि प्रदान गरिँदै | हार्दिक मङ्गलमय शुभकामना 🪔 Time of Madhesh | भेटेरिनरीका विद्यार्थीको छात्रवृत्ति र ओजेटी रकममा प्रश्न, २१ स्थानीयले मागेको विवरण अझै पाएनन् | चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का | बिटौरी जग्गा दर्ता प्रक्रिया अघि बढाउँदै सरकार, समिति गठन | फिल्मी दुनियाका अभिनेता नही रहे। अलविदा नाना, स्वर्गमे वास हाे। | मधेस सीमामा सशस्त्र प्रहरीमाथि ‘सेटिङ’को आरोप, नजराना लिएर तस्करी मौलाएको दाबी |

बाढी पीडितको घरदैलोमा पुग्यो राहत, ७० परिवार लाभान्वित

बाढी पीडितको घरदैलोमा पुग्यो राहत, ७० परिवार लाभान्वित

बाढी पीडितको घरदैलोमा पुग्यो राहत, ७० परिवार लाभान्वित
राजविराज,१५ असोज ।
कोशी नदीको बाढीबाट प्रभावित हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ११ का ७० परिवारलाई विहीवार राहत वितरण गरिएको छ । युनाइटेड मिशन टु नेपालको सहयोगमा सबल नेपालद्वारा संचालित शिक्षा सुरक्षा कार्यक्रम अन्तर्गत बाढी पीडितलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरेको हो ।
सबल नेपालले प्रति परिवार २५ किलो चामल, ४ किलो दाल, २ किलो चना, २ लिटर खाने तेल, १ किलो सोयाबिन,  १०० ग्राम जिरा र १०० ग्राम हल्दी वितरण गरिएको सबल नेपालका अध्यक्ष जुना गिरीले जानकारी दिइन ।
हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझी, युनाइटेड मिशन टु नेपालका जिल्ला परियोजना व्यवस्थापक सुरज सुनार, सबल नेपालका कार्यकारी निर्देशक दिपक झा, जनचेतना अभियान नेपालका कार्यकारी निर्देशक जुही ठाकुर सहितकाले राहत वितरण गरे ।
कोशी बहाव बढेपछि उक्त वडाका बासिन्दाहरु बाढीबाट प्रभावित भएका थिए ।
यो समाचार सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्