3rd November 2026 | १८ कार्तिक २०८३, मंगलबार
Times Of Madhesh
ब्रेकिङ
सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना | तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न | गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता | सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा आज राँगाको बलि प्रदान गरिँदै | हार्दिक मङ्गलमय शुभकामना 🪔 Time of Madhesh | भेटेरिनरीका विद्यार्थीको छात्रवृत्ति र ओजेटी रकममा प्रश्न, २१ स्थानीयले मागेको विवरण अझै पाएनन् | चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का | बिटौरी जग्गा दर्ता प्रक्रिया अघि बढाउँदै सरकार, समिति गठन | फिल्मी दुनियाका अभिनेता नही रहे। अलविदा नाना, स्वर्गमे वास हाे। | मधेस सीमामा सशस्त्र प्रहरीमाथि ‘सेटिङ’को आरोप, नजराना लिएर तस्करी मौलाएको दाबी |

चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का

चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का

चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का

राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रूपक खड्काले वडा दसैँ, तिहार तथा छठलगायतका चाडपर्वलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना कडाइका साथ लागू गरिने बताएका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा एसपी खड्काले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन प्रभावकारी बनाइने बताए ।

उनले सुरक्षा जाँच चौकी (चेकपोस्ट) लाई सक्रिय बनाउँदै निगरानी बढाइने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाइने जानकारी दिए। मठमन्दिर तथा अन्य धार्मिक स्थलमा चोरीका घटना हुन नदिन विशेष निगरानी गरिने उल्लेख गर्दै उनले नागरिकले ढुक्कसँग चाडपर्व मनाउन सक्ने वातावरण निर्माण गर्न प्रहरी प्रतिबद्ध रहेको बताए ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले चाडपर्वका बेला सार्वजनिक सुरक्षा, चोरी नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको ध्यानाकर्षण गराएका थिए ।

सोही अवसरमा प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमराज घिमिरेले असोज महिनाको प्रहरी गतिविधि तथा प्रगति विवरण सार्वजनिक गरेका थिए। उनका अनुसार असोज महिनामा सप्तरीमा विभिन्न प्रकृतिका ४९ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ज्यानसम्बन्धी एक, आत्महत्यासम्बन्धी चार, चोरीसम्बन्धी आठ, महिला तथा बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका २८ वटा मुद्दा रहेका छन् ।

यसै अवधिमा चालु मुद्दाका ३९ जना प्रतिवादी पक्राउ परेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी घटनामा ४९ वटा उजुरी परेको प्रहरीले जनाएको छ । हराएका तथा फेला परेका व्यक्तिको विवरणअनुसार असोज महिनामा १८ जना हराएकामा १३ जना फेला परेका छन्। घरेलु हिंसासम्बन्धी दुईवटा उजुरी परेकामा एउटामा मिलापत्र भएको डीएसपी घिमिरेले जानकारी दिए ।

प्रहरीले असोज महिनामा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत दुई हजार १४० किलोग्राम गाँजा, ७० ग्राम ब्राउन सुगर तथा अन्य औषधिजन्य लागूऔषधका ३०६ ट्याब्लेट बरामद गरेको जनाएको छ । प्रहरीद्वारा सार्वजनिक विवरणअनुसार आत्महत्यासम्बन्धी घटनामा विष सेवनबाट एक महिला र झुन्डिएर एक बालिकाको मृत्यु भएको छ ।

चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइने प्रहरीले जनाएको छ । साथै, कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन र चाडपर्वलाई सुरक्षित तथा मर्यादित बनाउन सहयोग गर्न प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्