3rd November 2026 | १८ कार्तिक २०८३, मंगलबार
Times Of Madhesh
ब्रेकिङ
सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना | तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न | गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता | सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा आज राँगाको बलि प्रदान गरिँदै | हार्दिक मङ्गलमय शुभकामना 🪔 Time of Madhesh | भेटेरिनरीका विद्यार्थीको छात्रवृत्ति र ओजेटी रकममा प्रश्न, २१ स्थानीयले मागेको विवरण अझै पाएनन् | चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का | बिटौरी जग्गा दर्ता प्रक्रिया अघि बढाउँदै सरकार, समिति गठन | फिल्मी दुनियाका अभिनेता नही रहे। अलविदा नाना, स्वर्गमे वास हाे। | मधेस सीमामा सशस्त्र प्रहरीमाथि ‘सेटिङ’को आरोप, नजराना लिएर तस्करी मौलाएको दाबी |

सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना

सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना

सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना
[तालिम सहभागी । फोटो : टाइम्स अफ मधेस ]

राजविराज,१५ कात्तिक

सरसफाइ कार्यमा संलग्न सरसफाईकर्मीहरुको लागि पेशागत स्वास्थ्य तथा सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले सप्तरीका पाँचवटा स्थानीय तह र निजि सरसफाइ सरसफाईकर्मीहरुको लागि एक दिने पेशागत स्वास्थ्य तथा सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ।

ड्ब्लू एचएच र महुली सामुदायिक विकास केन्द्र को सहकार्यमा सञ्चालित एनपिएल १११४ परियोजना अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।
तालिममा सप्तकोशी नगरपालिका, कञ्चनरूप नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, रुपनी नगरपालिका र शम्भुनाथ नगरपालिकाका सरसफाइ कर्मचारी, सरसफाइ गाडीका चालक, विद्यालय सरसफाइ कर्मचारी तथा निजी क्षेत्रमा कार्यरत सेफ्टी ट्यांकी सफाइ सरसफाईकर्मीहरुको सहभागिता रहेको थियो। तालिमको सहजीकरण महुली सामुदायिक विकास केन्द्रका प्राबिधिक अधिकृत ओम प्रकाश पण्डितले गरेका थिए ।
तालिममा अग्निसाइर कृष्णासवरन गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत कमल चौधरीले सरसफाइ कार्यका क्रममा श्रमिकहरूमा हुन सक्ने संक्रमणजन्य रोग, स्वास्थ्य जोखिम तथा त्यसबाट बच्ने उपायबारे जानकारी गराए। उनले सरसफाइ कार्यमा व्यक्तिगत स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
परियोजना संयोजक चन्द्रनारायण चौधरीले मानव दिसाजन्य फोहोरलाई जथाभावी रूपमा खोला, नाला तथा जंगलमा विसर्जन गर्दा मानव स्वास्थ्य र वातावरणमा पर्न सक्ने नकारात्मक असरबारे जानकारी गराए। उनले अग्निसाइर कृष्णासवरन गाउँपालिका–४, विशाल चोकमा निर्माणाधीन दिसाजन्य लेदो प्रशोधन केन्द्र (Fecal Sludge Treatment Plant – FSTP) को उद्देश्य र महत्त्वबारे समेत प्रकाश पारे ।
परियोजनाका उद्यम विकास अधिकृत रुपेश चौधरीले प्रशोधन केन्द्रबाट उत्पादन हुने जैविक मलको कृषि क्षेत्रमा उपयोगिता, किसानलाई पुग्ने लाभ तथा यसको व्यावसायिक उत्पादन र बजारीकरणको सम्भावनाबारे जानकारी दिए ।
कार्यक्रममा ड्ब्लूएचएचका प्राविधिक अधिकृत विकास कर्णले सरसफाइ श्रमिकहरूले कामका क्रममा प्रयोग गर्नुपर्ने व्यक्तिगत सुरक्षा सामग्री

(Personal Protective Equipment – PPE) को महत्त्व, सही प्रयोग र यसबाट प्राप्त हुने फाइदाबारे जानकारी गराउनुभयो। साथै, खेल तथा व्यावहारिक अभ्यासमार्फत सुरक्षा सामग्रीको प्रयोग र आवश्यकताबारे सहभागीहरूलाई सहजीकरण गरिएको थियो।

कार्यक्रमको समापन गर्दै महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभुनारायण चौधरीले समाजलाई स्वच्छ र स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरसफाइ श्रमिकहरूको स्वास्थ्य तथा सुरक्षा पहिलो प्राथमिकतामा हुनुपर्ने बताए। उनले मधेश प्रदेशकै पहिलो दिसाजन्य लेदो प्रशोधन केन्द्र चाँडै सञ्चालनमा आउने जानकारी दिँदै उक्त केन्द्रमा दिसाजन्य लेदो ल्याउने सेफ्टी ट्यांकी सफाइ श्रमिकहरूलाई परियोजनाको तर्फबाट एक–एक सेट व्यक्तिगत सुरक्षा सामग्री (PPE) उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
तालिममार्फत सहभागीहरूले पेशागत स्वास्थ्य जोखिम, संक्रमणजन्य रोगको रोकथाम, व्यक्तिगत सुरक्षा सामग्रीको सही प्रयोग तथा सुरक्षित कार्य अभ्यासबारे व्यावहारिक ज्ञान हासिल गरेका छन्। साथै, मानव दिसाजन्य फोहोरको सुरक्षित व्यवस्थापन, दिसाजन्य लेदो प्रशोधन केन्द्रको महत्त्व तथा प्रशोधित जैविक मलको कृषि क्षेत्रमा उपयोगिताबारे जानकारी प्राप्त गरेका छन्।
 कार्यक्रमले सरसफाइकर्मीहरूको स्वास्थ्य तथा सुरक्षाप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित, व्यवस्थित र मर्यादित सरसफाइ सेवा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको महुली सामुदायिक विकास केन्द्रका इन्जिनियर ओम प्रकाश पण्डितले बताए ।
यो समाचार सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्