पत्रकार आदित्य अजयमाथि सप्तरी प्रहरीद्वारा कुटपिट भएको आरोप, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै टाइम्स अफ मधेशद्वारा घोर भर्त्सना।
प्रेस विज्ञप्ति
पत्रकार आदित्य अजयमाथि सप्तरी प्रहरीले कुटपिट गरेको घटनाप्रति टाइम्स अफ मधेश मिडिया प्रा.लि.ले घोर भर्त्सना तथा निन्दा गरेको छ।
छिनमस्ता अस्पताल भर्ना सँगैसम्बन्धित घटनाका क्रममा पत्रकारमाथि भएको दुर्व्यवहार तथा कुटपिटको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ।
पत्रकारको सुरक्षा, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै घटनामा संलग्न दोषी देखिएकामाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ।
टाइम्स अफ मधेश मिडिया प्रा.लि.
प्रतिक्रिया दिनुहोस्